१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

डेङ्गुबाट जोगिन जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्छ : अध्यक्ष तिमिल्सना

२७ भदाै, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ र डेङ्गु सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका आधारभूत मापदण्डको पालना गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेशसभाको भूमिकासम्बन्धी आज यहाँ भएको दुई दिने अन्तरक्रियामा उहाँले कोभिड–१९ को नियन्त्रणसँगै हाल डेङ्गुलगायत सरुवा रोग, विभिन्न सङ्क्रामक रोग र नसर्ने रोगले मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिए ।

कोभिड–१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधि गम्भीर रहेको र उनीहरूको भूमिकाका बारे आफूहरू निरन्तर छलफल गरिरहेको अध्यक्ष तिमिल्सिनाले बताए । जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको एउटा निकायले मात्रै जिम्मा लिएर नहुने भन्दै उनले सङ्घ र प्रदेशसँगै स्थानीय तहलाई पनि जोड्नुपर्ने बताए ।

“सङ्घ र प्रदेशसँग जोडेर हामीले धेरै कार्यक्रम गर्यौँ, अब स्थानीय तहसँग पनि जोड्नुपर्ने छ”, उनले भने, “स्वास्थ्य जस्तो संवेदनशील विषय कुनै एउटा निकायले मात्रै जिम्मा लिएर हुँदैन, त्यसमा सबैको भूमिका हुन्छ ।” प्रदेश सभाको कार्यकाल सकिन लागेकोतर्फ सचेत गराउँदै अध्यक्ष तिमिल्सिनाले अब प्रदेशसभाले अहिलेसम्म गरेको कामको समीक्षा गर्नुपर्ने बेला भएको बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १९:४२