२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

दशैंका लागि नयाँ नोट वितरण शुरु


२६ भदाै, काठमाडौं । राष्ट्र बैंकले दसैँका लागि लक्षित गर्दै नयाँ नोट आज (भदौ २६ गते आइतबार) देखि वितरण शुरु गरेको छ । केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिनुभयो ।

आइतबार कार्यालय समय शुरु भएदेखि नै राष्ट्र बैंकमा पैसा साट्नेको लाइन लागेको उनले बताए । भदौ २९ गतेबाट नयाँ नोट वितरण गर्ने भनेपनि आजबाटै वितरण गरिएको नेपालले बताए ।

एक जनाले ५ देखि १ सय दरका एक एक बन्डल गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् । यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १४:००