८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

विदेशिएका युवाका लागि एनआईसी एसियाले ल्यायो आकर्षक योजना, यस्ता छन विशेषता

१५ असार, काठमाडाैँ । एनआईसी एसिया बैंकले विदेशिएका युवाका लागि आकर्षक योजना ल्याएको छ । बैंकले निक्षेपको १० गुणासम्म प्राप्त हुने गरी एन आईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना ल्याएको छ । व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहक लक्षित गरेर ल्याइएको योजनामा देश एवं विदेशमा रहेकाहरु र विभिन्न संस्थाहरूले देखाएको अभूतपूर्व सहभागिता, रुचि एवं चासोलाई ध्यान दिँदै योजना ल्याएको बैंकले जनाएको छ ।

विदेशिएका युवाका लागि आकर्षक योजना

एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना विदेशिएका युवाका लागि ज्यादै महत्वपूर्ण रहेको छ । विदेशिएका युवाहरूको प्रायको सपना हुन्छ काठमाडौँ वा महत्वपूर्ण सहरी क्षेत्रमा घडेरी र घर जोड्ने तर उनीहरूको पाँचरसात वर्षको आम्दानीले त्यो सम्भव नभैरहेको हुन्छ । तर विदेशिएका त्यस्ता युवाहरूले यस योजनामा सहभागी भएर आफ्नो पैसाको सदुपयोग गर्दै अघि बढे भने उनीहरूको त्यो सपना पनि पूरा हुने देखिन्छ ।

उनीहरूले अहिले नै आईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा सहभागी भएर आफ्नो आम्दानीको सदुपयोग गरे भने उनीहरू फर्किने बेलामा त्यो रकम १० गुणासम्म बढ्न सक्छ । त्यसकारण विदेशिएका त्यस्ता युवाका लागि योजना महत्वपूर्ण रहेको छ ।

यो योजनाअनुसार कुनै पनि ग्राहकले खातामा राखेको रकम निश्चित समयमा दोब्बरदेखि १० गुणासम्म वृद्धि हुन्छ । बैंकले विदेशिएका युवा लक्षित गरेर नै रेमिटेन्स पठाउनेहरुका लागि दोब्बरदेखि १० गुणा पाइने समय अझ कम राखेको छ । मानौं, विदेशमा गएका कुनै युवाले आफूले कमाएको मध्ये ५ लाख रुपैयाँ एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा राखेमा यो रकम ५ वर्षमा दोब्बर भएर १० लाख हुन्छ भने १९ वर्षसम्म राख्ने हो भने १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ ।

अहिलेको अवस्थामा हिसाब गर्ने हो भने मुद्दति खातामा राख्नुभन्दा यस ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा राख्दा शतप्रतिशत प्रतिफल दिन्छ । विदेशबाट पठाएको रकममध्ये घरखर्च वा घरजग्गामा लगानी गरेर बचेको पैसालाई यस योजनामा राख्ने हो भने भविष्यमा चाहिने नगदको लागि धेरै सहज हुनेछ ।

यस्ता छन विशेषताहरू

एन आई सी एशिया बैंकले २०७९ असार १२ गतेदेखि छोटो समयको लागि यो योजना ग्राहकमाझ ल्याएको हो । जसमा सर्वाधिक उच्च ब्याजदरसहित निक्षेप रकमको १० गुणा रकम फिर्ता पाइने छ । यस योजनाअनुसार ग्राहकले मुद्दति खातामा राखेको रकम ५ वर्ष १० महिना १४ दिनमा दोब्बर पाउनेछन् । मानौं कुनै ग्राहकले ५ लाख रुपैयाँ राखेका छन् भने ५ वर्ष १० महिनामा १० लाख रुपैयाँ हुन्छ ।

९ वर्ष ४ महिना १० दिनसम्मलाई आफ्नो रकम बचत राख्ने हो भने तीन गुणा प्राप्त गर्नेछन् । आफूले राखेको रकमले ४ गुणा रकम प्राप्त गरोस् भन्ने चाहने ग्राहकले ११ वर्ष १० महिना ७ दिन पर्खिनु पर्छ । आफ्ना छोराछोरीको भविष्यको लागि भनेर ५ लाख रुपैयाँ राख्ने परिवारले यस अवधिमा आफ्नो रकमलाई ४ गुणा बढाएर २० लाख रुपैयाँ पाउने छन् ।

त्यसैगरी, १३ वर्ष ९ महिना १५ दिनमा ग्राहकको बचत रकम ५ गुणाले वृद्धि हुन्छ । यसको अर्थ हो अहिले १० लाख रुपैयाँ राख्नु भनेको १५ वर्षपछि छोराछोरीको लागि ५० लाख रुपैयाँ जम्मा गरे सरह हो । यही रकम १५ वर्ष ४ महिना १७ दिनसम्म राख्ने हो भने ६ गुणा रकम प्राप्त गर्न सकिनेछ । त्यसैगरी, १६ वर्ष ८ महिना २१ दिनमा ७ गुणा, १७ वर्ष १० महिना २० दिनमा ८ गुणा, १८ वर्ष ११ महिना १ दिनमा ९ गुणा र १९ वर्ष १० महिना २ दिनमा १० गुणा आफ्नो बचत पुग्नेछ ।

यदि कुनै अभिभावकले आफ्ना स–साना छोराछोरीलाई भविष्यको लागि धेरै काम लाग्छ भनेर अहिले ५ लाख रुपैयाँमात्र राख्ने हो भने १९ वर्ष १० महिना २ दिनमा १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ । बैंकले यो योजना व्यक्तिगत ग्राहकहरु बाहेक संस्थागत ग्राहक र रेमिटेन्स खाता भएका ग्राहकको लागि भनेर छुट्टाछुट्टै योजनासहित ल्याएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १२:५२