एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड को इकाई बाँडफाँड
३१ जेठ, काठमाडाैँ । एन आई सी एशिया बंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना एनआई सी एशिया फ्लेक्सी क्याप फण्डको प्रति इकाई रु.१०/दरको १०,००,००,००० इकाई मध्ये बीज पूँजी बापतको न्यूनतम १५ प्रतिशत अर्थात १,५०,००,००० इकाई कोष प्रवद्र्घक एन आई सी एशिया बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी रहेको ८,५०,००,००० इकाई मिति २०७९/०२/१९ गतेदेखि छिटोमा मिति २०७९/०२/२४ गते र ढिलोमा२०७९/०३/०२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा मिति २०७९/०२/२५ गतेसम्ममा नै माग गरे भन्दाबढी इकाई खरिदको लागि आवेदन प्राप्त भएकाले मिति २०७९/०२/२५ गते बैंकिङ्ग समय पश्चात निष्काशन तथा बिक्री बन्द गरिएको व्यहोरा जानकारी गराएको छ ।
उक्त निष्काशनको समयमा जम्मा ९५,९९७ सर्वसाधारण आवेदकहरुबाट जम्मा ८,६५,४८,२७० इकाई खरिदको लागि आवेदन प्राप्त भएकोमा ६९ आवेदकहरुबाट प्राप्त ९,९५० इकाई रीतपुर्वक नदेखिएकोले बाँडफाँडमा समावेस नगरि कूल९५,९२९ आवेदकहरुले रितपुर्वक माग गरेको १०,२०,००,००० (बीज पूँजी सहित) इकाई माग गरे बमोजिमनैआज मिति२०७९÷०२÷३१ गते मंगलबार साँझ ५ः३० बजे निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय बबरमहल, काठमाण्डौंमा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ ।
‘यस निष्काशन कार्यमा सहयोग गर्नु हुने श्री नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लि., सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, मिडियाकर्मी लगायत अन्य सम्बन्धित निकायहरु एवं शुभ चिन्तकहरु तथा इकाई खरीदकोलागि आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति : June 14, 2022 at 12:45 pm









