मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज उत्कृष्ट कलेजको रुपमा सम्मानित
२३ भदाै, काठमाडाैँ । ३९ औ शिक्षा दिवस तथा अन्तराष्टिय साक्षरता दिवसको अवसरमा नेपाल सरकार शिक्षा तथा बिज्ञान तथा प्रबिधि मन्त्रालयले मनमोहन मेमेरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज काठमाण्डौलाई यस वर्षको विश्व बिद्यालयहरु मध्ये वाट उत्कृष्ट कलेजको रुपमा छनौट गरी पुरस्कृत गरेको छ । सम्मानिय प्रधानमन्त्रि केपि शर्मा ओलीले उत्कृष्ट शिक्षा पुरस्कार प्रमाण पत्र र नगद रु २५००००। दुईलाख पचास हजार सस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेलाई प्रदान गर्नुभयो ।
उक्त अवसरमा शिक्षा बिज्ञान तथा प्रबृद्घि मन्त्री गिरीराज मणी पोखरेल तथा सचिवहरु र कलेजका तर्फवाट कलेज ब्यवस्थापन समितिका उपाध्यक्ष एंव संयोजक जीवन प्रकाश शर्मा, नेको नेपालका उपाध्यक्ष डा.वशिधर मिश्र , सचिव डा.रामकुमार अधिकारी , क्याम्पस प्रमुख प्रा.बिष्णु भट्टराई,सहायक क्याम्पस प्रमुख डा.सुजन वावु मरहटटा, बिभागीय प्रमुखहरु डा.धर्म प्रसाद खनाल,प्रा.बिनु बिष्ट,दुर्गा मिश्र, प्रशासकिय अधिकृत सचित कुइकेल तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
यस्तै गत वर्ष ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्टिय साक्षरता दिवसको अवसरमा समेत प्राविधिक शिक्षा ब्यावसायिक तालिम परिषदबाट सम्वन्धन प्राप्त कलेजहरु मध्ये वाट यसरी नै उत्कृष्त शिक्षा पुरस्कार प्राप्त गरेको थियो ।
उक्त कलेजमा हाल स्वास्थ्य बिज्ञानका १२ बटा शैक्षिक कार्यक्रमहरु संचालन भै रहेका छन । यसरी कलेज उत्कृष्ट सस्थाको रुपमा पुरस्कृत हुदा समेत यस सस्थाले हाल सम्म MBBS को कार्यक्रम स्वीकृति नपाएकोमा चिकित्शा शिक्षा क्षेत्रका बिज्ञहरु आश्चय चकित भएका छन ।
प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार २२:५२