४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

अंश विवादमा छोराले गरे बाबुकाे हत्या

२३ भदौ,लहान । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ ।

जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । बुवालाई कुटपिट गर्ने मोहम्मद कमाल फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार २०:५३