४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा १ विदेशीसहित ६ जनाको मृत्यु (फोटोफिचर)

२३ भदौ, काठमाडौँ । नुवाकोटमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरका पाईलट र एक बिदेशी नागरिक सहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक बसन्त बहादुर बताए ।

दुर्घटनाग्रस्त अल्टिच्युडको उक्त हेलिकप्टरमा ७ जना सवार रहेकामध्ये मृत्यु हुनेहरुमा पाईलट निश्चल केसी, जापानिज नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० बर्षिय डिल्ली बहादुर गुरुङ, दोलखाका ३७ बर्षिय हिरा शेर्पा, गोर्खा चुमनुबी गाउपालिका–१ का छोवाङ नुर्बु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक बसन्त बहादुर कुँवरले बताए ।

कुँवरका अनुसार दुर्घटनामा परी गम्भिर अबस्थामा रहनुभएका गोर्खाको चुमनुबी–२ का ल्हो आनी डोल्पा डिकीलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ लगिएको छ । गोरखाबाट काठमाडौं आइरहेको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटको म्यागङ गाउपालिका–१ स्थित बर्सुन्चेतको जंगल स्थित रुखमा ठोक्किएर दुर्घटना भएको अबस्थामा अपरान्ह ३ बजे उद्धारको लागी गएको प्रहरी चौकी किम्ताङको टोलीले.भेट्टाएको थियो ।

बिहान याब्रा जंगलमा ठुलो आवाज आएको केहि समयपछि धुलोको मूस्लो उडेपछि हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरेको म्यागङ गाँउपालिका–१ का वडा अध्यक्ष दलसिंह तामाङले बताए । गोरखाको सामागाँउबाट बिहान ७ बजेर ५० मिनेटमा काठमाडौतर्फ उडेको हेलिकोप्टर बिहान ८ बजेर पाँच मिनेटमा दुर्घटनामा परेको थियो । भौगोलिक विकटता, ठूलोवर्षा सहितको बाक्लो हुस्सु र बाक्लो जंगल क्षेत्रमा भएको दुर्घटनाको स्थान पहिचान र उद्धारको लागी कठिनाई भएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १८:५६