१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकी घाइते अानीलार्इ ११ घण्टापछि काठमाडाैँ ल्याइयो

२३ भदाै, काठमाडाैँ । अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक यात्रुको मेडिसिटी अस्पतालका चिकित्सकले थप उपचारका लागि ११ घण्टापछि काठामाडौं ल्याएका छन् । घाइते अवस्थामा रहेकी आनी डोल्माको घटनास्थल नजिकै उपचार सुरु गरिएको थियो। थप उपाचरका लागि काठमाडौं ल्याइएको हो।

यताबाट गएको हेलिकोप्टर घटनास्थल अवतरण हुन नसकेपछि केही वरै ल्यान्ड गरिएको थियो। ‘त्यहाँ हेलिकोप्टरमै मोबाइल आइसियूको व्यवस्था गरेका थियौं,’ डा संजय कार्कीले भने, ‘थप उपचार गर्न मेडिसिटी ल्याइएको हो ।’ उक्त दुर्घटनामा चालक सहित ७ जना रहेकाेमा उनीबाहेक अन्य ६ जनाकाे मृत्यु भइसकेकाे छ।

प्रकाशित मिति : September 8, 2018 at 6:43 pm