२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा


२२ भदाै, काठमाडाैँ । सुपर लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले समस्या ग्रस्त संस्थाको रुपमा घोषणा गरेको छ। दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्तलाई राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले २०७८ असोज महिनाको वित्तीय विवरणको आधारमा स्थलगत निरिक्षण गरेको थियो। निरिक्षणबाट उक्त संस्थाको संचालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मेलित भई संस्थाको हकहित विपरित व्यक्तिगत लाभको नक्कली ऋण खडा गरि कर्जा प्रवाह गरेको राष्ट्र बैंकको अनुगमनले पाएको जनाइएको छ ।

प्राथमिक पूँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा उक्त संस्थालाई मिति २०७८।१२।०२ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १०:४२