४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

नुवाकोटको मैलुङपाखाको यही जंगलमा भएको थियो हेलिकप्टर दुर्घटना (भिडियोसहित)

२३ भदाै, नुवाकोट । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने दुर्घटनास्थलमा पाँच जनाको शव भेटिको छ । एक जना घाइतेको सकुशल उद्धार गरिएको छ ।

हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको तर मृतक को–को हो भन्ने सनाखत नभएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकबाट नेपाल प्रहरीका जवान राजेश ठाकुरले खिचिके यो भिडियो हेर्नुहोस् । यही जंगलमा हेलिकप्टर दुर्घटना भएको हो ।

यो पनि पढ्नुहोस्

–अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना, ५ जनाकाे मृत्यु, भाग्यले बाँचिन डोल्मा

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १७:४५