४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

नुवाकोट हेलिकप्टर दुर्घटनाकी घाइते डोल्मालार्इ डोकोमा बोकेर अस्पतात ल्याइदै, एक वेपत्ता

२३ भदाै, काठमाडाैँ । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने दुर्घटनास्थलमा पाँच जनाको शव भेटिको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी बसन्त कुँवरले दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टि गर्दै गम्भीर घाइते एक महिलालार्इ डोकोमा राखेर अस्पताल ल्याइदैछ । घटनास्थल निकै  दुर्गमस्थान र जंगलकोबीचमा रहेकाले उनलाई हेलिकप्टरसम्म पुर्याउनका लागि डोकोको प्रयोग गरिएको हो ।

हेलिकप्टरमा सात जना सवार रहेको भए पनि पाँच जनाको शव र एक जना घाइते मात्र भेटिएकाले एक जना अझै वेपत्त रहेका छन । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए ।

हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको तर मृतक को–को हो भन्ने सनाखत नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १६:२९