१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाः नुवाकोट मेघाङको जंगलमा हेलिकप्टर भेटियो

२३ भदाै, नुवाकाेट । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकाको जंगलमा दुर्घटना भएको छ । दुर्घटनास्थलमा प्रहरीसहितको एउटा टोली पुगेको र घटनास्थल पत्ता लगेको उपचारका लागि नुवकोटको बर्सुन्चेतमा रहेका डा सञ्जय कार्कीले जानकारी दिए ।

माैसम अनुकुल हुनेबित्तिकै हेलिकप्टरबाटै सर्च गरिरहेको टोलीले घटनास्थल पत्ता लगाएको डा कार्कीले जानकारी दिए । अब डा कर्कीसहितको टोली पनि घटनास्थलतर्फ  मुभ गरेको छ । यसअघि प्रतिकुल माैसमका कारण नेपाली सेना सहितको चार वटा हेलिकप्टर त्यसै फर्किएको थियो ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 14:25