७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

एमालेबाट काठमाडौँ १ मा द्विराज शर्मा सिफारिस

१९ भदाै, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने संघिय संसदको चुनावका लागि काठमाडौँको क्षेत्र नं १ बाट द्विराज शर्मा शिवाकोटी सिफारिस भएका छन । नेकपा एमाले काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय कमिटिले शर्मालाई उम्मेदवार चयन गर्न पार्टी केन्द्रमा सिफारिस गरेको हो । उनी एमाले पार्टीभित्र रहेर सकृयरूपमा काम गरिरहेका छन ।

उनी युवा व्यवसायी पनि हुन । विगत २५ वर्षदेखि शिक्षा, स्वास्थ्य,कृषि, उर्जा लगाएत विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय शर्मा एक सफल व्यवसायी हुनुको साथै नेपाल उद्योग परिषंघ र अन्य व्यवसायिक छाता संगठनहरुमा आवद्द भै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। । शर्मासंग अमेरिका, युरोप लगाएत विभिन्न विकशित मुलुकहरुको शैक्षिक, सामाजिक तथा आर्थिक प्रणालीलाई नजिकबाट अध्ययन गरेको विज्ञता समेत छ ।

विशेष गरि शैक्षिक क्षेत्रमा अमेरिका, क्यानडा अस्ट्रेलिया, युरोप, अमेरिका, बेलायत, चीन र भारत लगाएतका मुलुकहरुले अवलम्बन गरेका नीति तथा प्रणालीका जानकार शर्मा, नेपालले समयसापेक्ष अपनाउनु पर्ने शैक्षिक नीतिगत प्रणाली र यँहाको शिक्षालाई विश्वस्तरीय बनाउन लिनुपर्ने कदमहरुको योजनासहित दुर दृष्टिकोण भएका व्यक्ति मानिन्छन ।

शर्मा बहुचर्चित झापा बिद्रोहका अभियन्ता शिव प्रसाद शिवाकोटीका सुपुत्र हुन्। । शिव प्रसाद शिवाकोटी, रामनाथ दाहाल, के पि शर्मा ओली लगायतका हस्तीहरुले झापा विद्रोह गरेको र तत्कालिन राज्यको नियन्त्रणका कारण शिवाकोटी परिवारले निर्वाशित जीवन जिउनु परेको र सम्पत्ति राष्ट्रियकरण गरिएको थियो । नेकपा एमाले क्षेत्र नं १ को क्षेत्रीय कमिटिले शर्मा सहित रुप नारायण श्रेष्ठ, बिदुर मैनाली, टिकाराम भट्टराई र केशब घिमिरेको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : September 4, 2022 at 10:30 pm