कञ्चनपुरमा बाँस बेचेर विद्यालयलाई सहयोग
२३ भदौ,कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको जनहित महाकाली सामुदायिक वनले बाँस बेचेर विद्यालयलाई सघाउँदै आएको छ । सामुदायिक वनको २४ हेक्टर क्षेत्रफलमा तीन प्रजातिका झण्डै पाँच हजार बढी बाँसका बिरुवा रोपेर हुर्काएको छ ।
रोपिएका बाँस बेचेर सामुदायिक वनले वार्षिक रुपमा रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्दैआएको छ । बाँस बेचेर आएको रकम विद्यालयका निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलब, विद्यार्थीलाई छात्रवृत्ति र भौतिक पूर्वाधार निर्माणका लागि खर्चदै आएको छ ।
बालकल्याण आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय र उदय सरस्वती माध्यमिक विद्यालयलाई यसवर्ष रु ५० हजारका दरले रकम उपलब्ध गराइएको सामुदायिक वनका सचिव शालिकराम चौधरीले बताउनुभयो ।
प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १३:१५