२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार, स्कटल्याण्डसँग ४ विकेटले पराजित


२४ फागुन, काठमाडौँ । जिम्बावेमा जारी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ ओभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मी २–२ तथा ललित राजवंशीले दिपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

यसअघि स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार २०:१७