४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि, एक जना घाइते सेनाको सम्पर्कमा

२३ भदाै, काठमाडाैँ ।  शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमै दुर्घटना भएको पुष्टि भएको छ ।  नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनालले स्थानीयलार्इ उदधृत गर्दै हेलिकप्टर नुवाकोटमै दुर्घटनामा परेको जानकारी दिए । दुर्घटनामा परेका एक जना घाइते नेपाली सेनाको सम्पर्कमा अाएको र उनको फोनका अाधारमा दुर्घटनास्थल खोजी भैरहेको छ । सेनाको सम्पर्कमा अाए पनि राम्रोसँग बोल्न नसकेका उनले हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछि आफू बाँचेको जानकारी दिएका छन ।

उच्च सैनिक स्रोतका अनुसार हेलिकोप्टर नुवाकोटको सामरी भन्ज्याङ दक्षिण र धादिङको बैरेनी भन्दा उत्तरको जंगलमा दुर्घटना भएको छ । ती घाइतेले दिएको जानकारीका अाधारमा एयर अल्टिच्युडको हेलिकोप्टरले हवाई मार्गबाट खोजी जारी राखेको छ र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको छ । क्याप्टेन निश्चल केसी पाइलट रहेको सो हेलिकोप्टरमा १ जना जापानी र बाँकी नेपाली रहेका थिए ।

यो पनि पढ्नुहोस्

–नुवाकोट र धादिङको सीमा क्षेत्रमा दुर्घटनामा परेको हेलिकप्टरमा पाइलटसहित ७ रहेको पुष्टि

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १२:२२