२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

१५ भदौ, काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका बरिष्ठ प्रबन्धक अर्जुन बहादुर कँडेलले मंगलबार एक विज्ञप्ति प्रकाशित गरि सम्पूर्ण ग्राहकहरुले अबदेखि नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने जानकारी दिएका छन ।

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति : August 31, 2022 at 10:35 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/