५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपालमा २५७ कोरोना संक्रमित थपिए


१४ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षण गर्दा २ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै सक्रिय संक्रमितको सङ्ख्या तीन हजार एक सय ४६ पुगेको छ । हाल होम आइसोलेशनमा दुई हजार नौ सय ९१, संस्थागत आइसोलेशनमा एक सय ५५, सघन उपचार कक्षमा ४० र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ५० हजार तीन सय ५५ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १८:५३