५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१४ भदौं, पोखरा । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ ।

उनका अनुसार मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्नेछ । गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ११:२३