५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेपाल पुनर्बिमा कम्पनीले ३० भदौमा बोलायो साधारणसभा


१३ भदौ, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ३० भदौमा सातौं वार्षिक साधारणसभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले १९ भदौमा बुक क्लोज गर्दैछ । १८ भदौसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार ११:२४