४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

नक्कली वकिल र नक्कली डिएसपीलार्इ ठगी गर्न सहयोग गर्ने बालाजुका राजेन्द्र बस्नेत पक्राउ

–दुर्गा पुडासैनी

२२ भदाै, काठमाडाैँ । नक्कली वकिल र नक्कली डिएसपी बनेर संगठित रूपमा ठगी धन्दा चलाउदै अाएको मनोहर तिवारी र सीता उप्रेतीको समूहलार्इ सहयोग गर्ने एक जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता डिएसपी मोहन थापाले उप्रेती र तिवारीको संगठित ठगीमा  सहयोग गर्ने बालाजुका राजेन्द्र बस्नेत पक्राउ परेका हुन । बस्नेतले समेत उनीहरूलार्इ ठगीमा सहयोग गर्दै अाएको प्रहरीले जनाएको छ ।

यस्तै डिएसपी थापका अनुसार प्रहरीले शुक्रबार नै नक्कली वकिल मनोहर तिवारीलार्इ थप १७ दिन थुनामा राखेर अनुसन्धान गर्ने समय पाएको छ । जिल्ला अदालत काठमाडाैँले प्रहरीलार्इ तिवारीलार्इ अझै १७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दामा थुनामा नराखी अनुसन्धान गर्न अादेश दिएपछि नक्कली वकिल मनोहरकी श्रीमति समेत रहेकी सीता भने थुनामुक्त भएको छिन । उनी प्रहरीको बहालवाल हवल्दार हुन यद्यपी प्रहरीले नक्कली डिएसपी बनेर ठगी गरेको अारोपमा पक्राउ गरेर अनुसन्धान गर्न सुरू गरेपछि स्वतः निलम्बित भएकी छिन ।

यो पनि पढ्नुहोस् 

–यस्तो पो जोडी ! श्रीमान नक्कली वकिल, श्रीमती नक्कली डिएसपी, प्रहरी हिरासतमा पनि सँगै

–डिएसपीको बर्दीमा ठगी धन्दा चलाउने प्रहरी हवल्दार नुवाकोटकी सीता उप्रेती थुनामा

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार २०:००