२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

अरुण काबेलीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, आयोगले दियो अनुमति


१२ भदाै, काठमाडाैँ ।  अरुण काबेली पावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ । विद्युत नियमन आयोगले भदौ १० गते कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

आयोगले अनुमति दिएसँगै अब कम्पनीले चुक्ता पूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । बोर्डमा स्वीकृती पाएपश्चात कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १४:३७