२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

शुक्रबारको कारोबार हटाउन नेप्सेमा उजुरी, अर्को साताबाट बन्द गर्ने आश्वासन


१० भदाै, काठमाडाैँ । शुक्रबार कारोबार हुँदै आएको सेयर बजारको दोस्रो बजार बन्द गर्न माग राख्दै लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा निवेदन दिएका छन् । लगानीकर्ताहरूले शुक्रबारको सेयर बजार कारोबार बन्द गर्न माग गर्दै बिहीबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विगतमा नेपाल सरकारको निर्णय बमोजिम आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिइने निर्णय भएको सर्वविदितै छ । सोही निर्णय अनुसार सेयर बजारमा पनि आइतबार बिदा दिई शुक्रबार सेयर बजार खुलाएको थियो पछि नेपाल सरकारले उक्त निर्णय फिर्ता लिई सकेपछि हाल आइतबार पनि कार्यालयहरु संचलानमा आएको छ र सोही बमोजिम सेयर बजार पनि आइबार संचालनमा आयो तर नेप्सेले शुक्रबार कारोबार बन्द गर्नुपर्नेमा बन्द नगरी प्रत्येक शुक्रबार २ घण्टा कारोबार संचालन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने निवेदन गर्दछौं । अब उप्रान्त पूर्व यथावत अवस्थामै हप्तामा ५ दिन मात्र सेयर कारोबार संचालनको लागि हामी आम लगानी कर्ताहरुले अब शुक्रबार सेयर कारोबार पूर्ण रुपमा बन्द हुनु पर्छ भनी हस्ताक्षर संकलन गरी पेश गरेका छौ ु लगानीकर्ताले सिईओ कार्कीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

लगानीकर्ताहरुको निवेदन बुझ्दै नेप्सेका सिईओ कार्कीले यो सातामा संभव नभएपनि आगामी सातादेखि शुक्रबारको कारोबार बन्द गर्ने आश्वास दिनुभएको छ ।

गत जेठ १ गतेदेखि लागु हुने गरी नेपाल सरकारले शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि सोमबारदेखि शुक्रबारसम्म सेयरको दोस्रो बजार कारोबार खुलाउने निर्णय गरेको थियो तर सरकारले पूनः असार १ गतेदेखि लागु हुने गरी आईतबारका लागि दिएको सार्वजनिक बिदा बन्द गर्यो त्यसपछि नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समिती बैठकले असार १ गतेदेखि लागु हुने गरी आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लगानीकर्ताहरुले सोही कुरालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने गरेको भन्दै हप्तामा ५ दिन मात्रै सेयर कारोबार संचालनको लागी नेप्सेका सिइओसमक्ष निवेदशन पेश गरेका हुन् । यसअघि नेप्सेका सहायक प्रबन्धक निरञ्जन फुँयालले शुक्रबारको कारोबार बन्द गर्ने तयारीमा नेप्से रहेको बताएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १०:१२