८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

बालेनले अल्फाबिटाको अवैध संरचनामा यसरी चलाए डोजर (फोटोफिचर)

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ । डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् ।

अल्फाबिटाका द्विराज शर्मासँग मेयर शाहको भनाभन परेको थियो। सञ्चालक शर्माले अवैध भन्नुअघि भवनको नक्सा देखाउनु पर्ने बताएका थिए। मेयर शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका थिए।

शर्मासँग भनाभन भएपछि बालेन सोझै महानगर कार्यालय आएका थिए। कार्यालयमा आएर अल्फाबिटाको नक्सा र डोजर लिएर उनी दिउँसो फेरि अल्फाबिटामा पुगे।

अल्फाबिटामा उनले उपस्थित पत्रकारहरूलाई नक्सा देखाए। त्यसपछि डोजरले अवैध संरचना भत्कायो।अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि शाहले फेसबुक स्टाटस लेख्दै आफूले केही नबिराएको बताएका छन्।

उनले लेखेका छन्, ′उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला।‘

प्रकाशित मिति : August 25, 2022 at 7:12 pm