१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारणसभा

९ भदाै, काठमाडाैँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो ७ औँ साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको आज (भदौ ९ गते बिहीबार) बिहान बसेको बैठकले वार्षिक साधारणसभा भदौ ३० गते बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७७।७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार ११:५५