२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

सुनको मूल्य ३०० रुपैयाँ बढ्यो

८ भदौ, काठमाडौं । सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो ।

बुधबार ९४ हजार ८०० रुपैयाँ मूल्य रहेको तेजाबी सुनको ९४ हजार ५०० मा किनबेच भएको थियो । बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य १ हजार १६० रुपैयाँ थियो ।

प्रकाशित मिति : August 24, 2022 at 12:08 pm