८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सुदूरपश्चिम गौरा महोत्तसव तथा प्रादेशिक डेउडा प्रतियोगिता २०७९ हुने

६ भदौ, धनगढी । गौरा पर्वको अवसरमा सुदूरपश्चिममा यसवर्ष पनि ‘गौरा महोत्तसव’ हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा यही भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महात्तसव तथा प्रादेशिक डेउडा प्रतियोगिता २०७९’ हुने भएको हो ।

काली–कर्णालीको पहिचानका रुपमा रहेको डेउडा लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्सकृति, भेषभुष, रहनसहनको प्रचार–प्रसार, पर्यटन प्रबद्र्धन एवं लोक संस्कृतिको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले ‘गारौ पर्व’ को आयोजना गर्न लागिएको सांस्कृतिक समिति संयोजक सुरत रावत ‘डोटेली कान्छा’ले बताए ।

कार्यक्रममा प्रादेशिक डेउडा प्रतियोगिता, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी गौरा प्रदर्शन, लोक बाजाको प्रदर्शन एवं प्रबद्र्धन, ९ वटै जिल्लाका कलाकारहरुका लोक नृत्य तथा लोक गायन प्रस्तुति, बाल प्रतिभा प्रबद्र्धन, लोक संस्कृतिक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज स्रष्टालाई सम्मान, चर्चित कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यस्तै डेउडा प्रतियोगितामा प्रथम हुनेलाई, २५ हजार १११, दोस्रो हुनेलाई १७ हजार १११, तेस्रो हुनेलाई ११ हजार १११ र सान्त्वना ५ हजार १११ पुरस्कार रहेको रावतले जानकारी दिए ।

प्रकाशित मिति : August 22, 2022 at 6:35 pm