२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

नेपालमा थपिए ६५८ कोरोना संक्रमित


७ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,३८१ पीसीआर परीक्षणमा ४०५ र ३,२६२ एन्टीजेन परीक्षणमा २५३ गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमा ४५६ संक्रमणमुक्त भएका छन् । हाल देशभर ४,२९६ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार हाल ४,१३४ होम आइसोलेसन, १६२ संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ४४ हजार ९४० पुगेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १७:२५