२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

सुनचाँदीको भाउ सामान्य घट्यो


२ भदौ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १२:०६