८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

टानको प्रथम उपाध्यक्षमा नुवाकोटका प्रदीप पण्डित विजयी

३१ साउन, नुवाकोट । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को साउन ३० गते सम्पन्न निर्वाचनमा प्रमथ उपाध्यक्षमा नुवाकोट तारकेश्वरका प्रदीप पण्डित विजयी भएका छन । उनले प्रतिस्पर्धी देवेन्द्र पोखरेललाई २३० मतले पराजित गर्दै पण्डित विजयी भएका छन । उनले ५५२ मत प्राप्त गर्दा पोखरेलले ३२२ मत प्राप्त गरेका छन ।

टानको कार्यसमिति सदस्यमा रसुवाका कालिका गाउँपालिकाका नमिनाथ देवकोटा पनि विजयी भएका छन । उनीहरू दुबै कांग्रेस, एमाले र एकीकृत समाजवादी समर्थित व्यवसयाीहरूको संयुक्त गठबन्धनका तर्फबाट विजयी भएका हुन ।

मंगलबार बिहान सम्पन्न मतगणना अनुसार टानको अध्यक्षमा माओवादी समर्थित कमल सापकोटालाई ३५२ मतको भारी मतान्तरमा पराजित गर्दै निलहरि बास्तोला विजयी भएका छन । बास्तोलाले ६१६ मत प्राप्त गर्दा सापकोटाले २६४ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका बोधराज त्रिपाठीले ४४ मत प्राप्त गरेका छन ।

निर्वचनबाट वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्ष छिङ दोर्जी शेर्पा विजयी भएको प्रमुख निर्वाचन अधिकृत सञ्जिवकुमार लामाले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : August 16, 2022 at 8:04 am