८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

संघीय शासन प्रणाली सवलीकरणमाथि छलफल

३० साउन, सुर्खेत । संघीय शासन प्रणाली सवलीकरण विषयमा छलफल भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया आयोजना गरिएको हो ।

राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्तरक्रियाको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेशमा मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्य न्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एवं प्रतिनिधहरु, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र पत्रकाहरूको छलफलमा सहभागिता रहेको छ।

नेपालको संविधानको धारा ५६ (२) को कार्यान्वयनको अवस्था, राष्ट्रिय सभा नियमावली २०५७ को उपनियम ७८ बमोजिम गठित समितिका काम कर्तव्य अधिकार लगायतका विषयमा छलफलका लागि समितिले देशभरका प्रदेश राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । सोही बमोजिम सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : August 15, 2022 at 3:13 pm