३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

प्रतिनिधिसभाबाट तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित


२५ साउन, काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुईवटा विधेयक पारित गरेको छ । बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो ।

उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १६:२०