१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

प्रचण्डले भेटे जापानी सांसद तोसिहिरो निक्कइ

२४ साउन, काठमाडौँ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानी सांसद तोसिहिरो निक्कइबीच भेटवार्ता भएको छ । प्रचण्डको स्वकीय सचिव गंगा दाहालको अनुसार लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता समेत रहेका पूर्वमन्त्री निक्कइसँग भेटभएको हो । निक्कइ नेपाल जापान संसदीय समितिका सभापति समेत हुन ।
उनीहरूको बीचमा एलडीपीको हेडक्वाटर टेकियोमा भेटवार्ता भएको हो । भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको स्वकीय सचिव दाहालले जानकारी दिइन ।

प्रकाशित मिति : 14:52