गठबन्धनकाे भागबण्डा कार्यदलको संयोजकमा कांग्रेसका कृष्ण सिटौला
२३ साउन, काठमाडौं । सत्तारुढ दलको सिट भागबण्डा कार्यदलमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैला संयोजक तोकिएका छन । सोमबार भएको पहिलो बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट भागबण्डाको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकले कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौलालाई तोकेको हो ।
बैठकमा सिट भागबण्डाबारे सामान्य छलफल भएको छ । स्थानीय तहमा जस्तै पहिले जितेका क्षेत्रमा सोही पार्टीले लिने निर्णय गरिएको एक नेताले बताए । ‘कांग्रेसले जितेको क्षेत्र कांग्रेसले नै लिने, माओवादीले पहिला जितेको माओवादीले नै लिने, नेकपा एस र जसपाको हकमा पनि यही नियम लागु हुनेछ । एमालेले जितेको क्षेत्र भने बाँड्ने सहमति भएको छ,’ स्रोतले भन्यो ।
एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा धेरै कांग्रेसले लिने, यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सिमित रहनुपर्ने भएको छ । तर, कांग्रेस भने आफू ८० देखि ९० सिट पाउनुपर्ने अडान राखेको बुझिएको छ ।
प्रकाशित मिति : 19:05









