१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

एमाले बागमतीले बुद्धिजिवीका कुरा सुन्ने, प्रदेश अन्तर्गतका विभागले पूर्णता पाए

२३ साउन, काठमाडाैँ । नेकपा एमालेको बागमती प्रदेश संगठन कमिटीले बुद्धिजिवीहरूको कुरा सुन्ने भएको छ । सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले भाद्र १० गते काठमाडाैँमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजिवीका कुरा सुन्ने निर्णय गरेको छ ।

बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्ताैलाले दैनिकीसँग कुरा गर्दै “बुद्धिजीवीहरुको आँखामा नेकपा एमाले” विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा उहाँहरूको एमालेप्रतिको आलोचना, सुझाव र टिप्पणी संकलन गरिने जानकारी दिए ।

बैठकले विधान बमोजिम प्रदेशका विभागहरूलाई पूर्णता दिएको छ । त्यस्तै बैठकले प्रदेश सल्लाहकार परिषद निर्माणको लागि तीन दिन भित्र प्रदेश अन्तर्गतका सबै जिल्लाहरुलाइ सल्लाहकार परिषदमा समेट्नु पर्ने नेताहरूको नामावली दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेश लेखा समिति गठन गर्ने निर्णय समेत गरेको छ । प्रचार विभाग प्रमुख बर्ताैलाका अनुसार बैठकले बागमती प्रदेश जनसंगठनहरुको बैचारिक, राजनीतिक तथा संगठनात्मक कामलाई ब्यबस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश जनसंगठन समन्वय सम्यन्त्रको बैठक तत्काल बैठक तत्काल बोलाएर कार्ययोजना निर्णमा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गठबन्धन सरकारको प्रत्यक्ष संलग्नतामा आकाशिदो महङी, भ्रष्टाचार, कमिसनतन्त्र र माफियाकरणको विरुद्ध सम्पुर्ण जिल्ला र पालिका तहसम्म दबाब खबरदारीसहितको आन्दोलन गर्ने निर्णय पनि गरेको छ । बैठकले नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी ब्यक्तिहरुको खोजी तथा पहिचान गरि उनीहरूको सम्मानका लागी जिल्ला स्तरमा “अग्रज सम्मान कार्यक्रम” आयोजना गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गरेका १० जनालाइ मनोनित गरेको छ । मनोनित हुनेहरूमा श्रीधर पोखरेल, सुमित्रा राजबम्सी, अच्युत श्रेष्ठ, खेम भट्ट, गोपाल जि गुप्ता, मनरत्न शाक्य, सीता ढकाल, भुवन केसी, देबेन्द्र खत्री र सुरेश राना रहेका छन ।

बैठकमा एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी र सहइन्चार्जहरू कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र आनन्द पोखरेल पनि उपस्थित रहेका थिए ।

प्रकाशित मिति : 15:20