१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

आफु मन्त्री हुँदा गरेका निर्णय अहिलेका मन्त्रीले उल्टाउन खाेजेकाे भन्दै रामकुमारी झाँक्रीकाे आपत्ती

२३ साउन, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफु सहरी विकास मन्त्रालयमा रहदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ती जनाएकी छिन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफुले मन्त्रालयमा हुँदा गरेका निर्णयहरु नयाँ आएका सहरी विकास मन्त्री मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै आपत्ती जनाएकी हुन् । उनले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताइन् ।

उनले एउटै पार्टीमा रहेका व्यक्तिबीचको बिचार फरक हुनसक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गरिन् । उनले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको भन्दै बिकास निर्माणका बिषयमा बिभिन्न नीतिहरु परिमार्जनको प्रयास गरेको बताइन् ।

झाँक्रीले असारको अन्तिम समयमा बजेट सिद्धाउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस बिषयमा पनि आफु मन्त्रालयमा रहँदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राखिन् ।

प्रकाशित मिति : 14:28