७ असार २०८३, आइतबार | Mon Jun 22 2026

सिट भागवण्डा पूर्व देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

२३ साउन, काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेर सिट भागवण्डाको गृहकार्यअघि पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन ।  आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् । सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ ।

सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न देउवाले बैठक राखेको स्रोतको भनाइ छ । बैठकमा पार्टीका तर्फबाट कार्यदलमा रहेका नेताहरु समेत सहभागी हुनेछन् ।

प्रकाशित मिति : August 8, 2022 at 9:28 am