२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

क्षितिज सापकोटाको रचनामा समिक्षा अधिकारीको सन्देश मुलक तीज गित बजारमा (भिडियाे)

२१ साउन, अष्ट्रेलिया । नेपाली हिन्दु महिलाहरुको पर्व तीज नजिकिए संगै नयाँ नयाँ गितहरु पनि श्रोता दर्शक माझ आउने क्रम बढेको छ । पछिल्लो समय प्रवासमा रहेर नेपाली गित संगितको सृजनाको रफ्तारलाई बढाएका रचनाकार, संगितकार तथा गायक क्षितिज सापकोटाको रचना र समिक्षा अधिकारीको स्वरमा ‘४५ हजारको कुर्ता ’ बोलको तीज गीत सार्वजनिक भएको छ। यम थापाको संगित रहेको गित फोर वि इन्टरटेनमेन युट्युव च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

पछिल्लो समयमा तीजमा तडकभडक बढि भएको आरोप लागि रहेका बेलामा चेतना मुलक समेत रहेको गितको भिडियोको ऋषि बरालको निर्देशन, मुकेश हुमागाईंको छांयाकन एवम् अमृत चापागाईंले सम्पादन रहेको छ । गीतको भिडियोमा सौजल वन, वर्षा क्षेत्री, अशोक पौडेल र भरत कठायतको अभिनय तथा नृत्य गरेका छन् ।

गितका रचनाकार सापकोटाले तीजको अवसर पारेर सार्वजनिक गरिएको गित ४५ हजारको कुर्था एउटा लोक आधुनिक शैलीको तिज गित भएको जसमा महिला दिदीबहिनीहरुको जीवनमा आउने गरेका घटनाहरु अनि दुखहरु सबैलाई सुनाउन जरुरी नहुने भन्ने कुरा देखाउन कहिलेकाहीँ आफू सहनशील हुदा पनि राम्रो हुन्छ, मान्छेको जीवनमा दुःख नपर्ने त पक्कै हुँदैन भन्ने शन्देश दिन खोजिएको बताए । समाजमा सबै राम्रा मात्रै हुन्छन् भन्नु पनि छैन कहिलेकाहीँ नराम्रा मान्छेहरू को साथमा सहयोग लिन पुग्दा झन नराम्रो घटना हुन सक्छ भन्ने शन्देश समेत गित मार्फत दिन खोजेको सापकोटाले बताए ।

भिडियाेः

प्रकाशित मिति : August 6, 2022 at 2:03 pm