७ असार २०८३, आइतबार | Mon Jun 22 2026

नेपाल समाजवादी पार्टीको बैठक बस्दै

२१ साउन, काठमाडाैं । डा बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टीको पहिलो बैठक शनिवार बस्दैछ । काठमाडौंमा बस्ने बैठकमा विविध एजेण्डामाथि छलफल हुने बताइएकाे छ ।

बैठकमा संगठन निर्माणसम्बन्धी छलफल प्रमुख एजेण्डा रहेको छ । यस्तै केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय बैठकले गर्ने जनाइएकाे छ । यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ ।

प्रकाशित मिति : August 6, 2022 at 7:37 am