२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट


२० साउन, काठमाडौं । चर्चित गायिका मेलिना राई र एरेन्जर सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ। गायिका मेलिनाले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन् । मेलिनाले फेसबुकमा लेखेकी छिन्, ‘केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो। धेरै समीक्षा आत्मा समिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।’

आफूहरूबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थालेपछि छुट्टिने निर्णय गरेको उनले उल्लेख गरेकि छिन् । मेलिनाले सबै इंगेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने नरहेको बताएकी छिन् । साथै उनले आफ्ना शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमा समेत मागेकी छिन् । गत वैशाखमा मेलिनाले आफ्नो दुई वर्षदेखिको प्रेम सम्बन्ध खुलाउँदै छिटै विवाह गर्ने जानकारी दिएकि छिन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १९:१७