९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

भ्रष्टाचारकै मुद्दामा न्यायाधीशद्वय कार्की र सिन्हाको राय बाझियो

१९ भदाै, काठमाडाैँ । समाज कल्याण परिषद्को भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुर्इ न्यायाधशीको राय बाझिएको हो ।

राय बाझिएका कारण उक्त मुद्दा अब पुर्ण इजलाशमा जाने भएको छ । मंगलबार भएको सुनुवाईमा दुई न्यायाधीशका बीचमा दुई थरी राय आएको थियो। परिषद्बाट निलम्बन गरी छानबिन रोक्ने वा नरोक्ने विषयमा सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाबीच राय बाझिएको हो।

गाडी खरीद र विभिन्न गैर–सरकारी निकायलाई मनोमानी रुपमा बजेट स्वीकृत भन्दै मन्त्री थापाले सदस्यसचिव भट्टलाई कारबाही स्वरूप निलम्बन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेकी थिइन्। उक्त प्रस्तवबमोजिम भट्ट निलम्बनमा परेपछि सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चको अन्तरिम आदेश लिएर भट्ट समाज कल्याण परिषद् फर्केका थिए। उनी फर्के लगत्तै मन्त्रालय र समाज कल्याण परिषद् सर्वोच्च पुगेको थियो।

प्रकाशित मिति : September 4, 2018 at 7:34 pm