प्रतिनिधिसभा बैठक आज: राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ५ बिधेयक प्रस्तुत हुने
१७ साउन, काठमाडाैँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपरान्ह दिउँसो १ बजे संघीय संसद भवन बस्ने सो बैठकका लागि सम्भावित कार्यसुची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।
जसअनुसार ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि संघीय संसद सचिवालयले सावर्जनिक गरेको छ । सबै बिद्येयकहरु राष्ट्रिय सभावाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त भएका हुन ।
प्रकाशित मिति : August 2, 2022 at 8:45 am







