२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

एक दिवसीय विश्वकप क्रिकेट छनोटः नेपाल टस जितेर ब्याटिङ गर्दै


२४ फागुन, काठमाडाैँ । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ स्कटल्याण्डको समाना गर्दैछ । यही फागुन २० गते भएको पहिलो खेलमा नेपालले आयोजक टोली जिम्बावेसँग ११६ रनको हार बेहोरेको थियो । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन ।

प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्ड दुवै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने अंकविहीन रहेको नेपाल पुछारमा छ ।

स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । यो स्कटल्याण्डको तेस्रो खेल हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार १३:५२