१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

एमालेको बिरोध प्रदर्शनमा ओली नजने, शान्ति बाटिकाको सभामा पोखरेलले सम्बाेधन गर्ने

१६ साउन, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सोमबार गरेको बिरोध प्रदर्शनमा अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन । ७७ जिल्लाकै सम्पर्क कमिटीहरूको विशेष तयारीका साथ भएको प्रदर्शनमा व्यापक उपस्थिति रहने भएका कारण अध्यक्ष ओलीले सम्बोधन गर्ने आम अपेक्षा रहेको थियो ।

तर प्रदर्शनपछिको कोणसभामा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने भएका छन । सबैतिरको जुलुश अहिले शान्तिबाटिकामा केन्द्रीय त भएको छ । अब त्यहीँ महासचिव पोखरेलले सम्बोधन गरेपछि एमालेको जनप्रदर्शन सकिनेछ ।

मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा एमाले सहरका विभिन्न भागबाट प्रदर्शन गरेको हो ।जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापनसभामा परिणत हुने जानकारी दिए ।

जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : 15:41