२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

साफ च्याम्पियनशिप फुटबलः आफ्नो तेस्रो खेलमा भारतसँग नेपालको लज्जास्पद पराजय


१५ साउन, काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतसँग ८-० को लज्जास्पद पराजय व्यहोरेको छ । आफ्नो तेस्रो खेलमा आइतबार भारतसँग खेलेको नेपाल ८-० गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक जस्तो देखिए पनि नेपाल एक गोलले पछि परेको थियो । दोस्रो हाफमा भने भारत नेपालमाथि निकै आक्रामक रूपमा प्रस्तुत हुँदै सात गोल थप्यो । यससँगै नेपाल ८-० को नमिठो पराजय व्यहोर्न विवश भयो ।

पराजयसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ, नेपालको अहिलेसम्म कुल ६ अङ्क मात्र रहेको  छ । आज हारे पनि नेपालको फाइनल प्रवेश सम्भावना भने कायमै छ ।

भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले ७१, तनकधारले ७८, गुरकिरतले ९० औँ मिनेट र सुभोले इन्ज्युरी समयमा गोल गरे ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार २२:४०