मदिराको विज्ञापनमा महिलाको प्रयोगमा प्रतिबन्ध लगाउन सर्वोच्चको अादेश
१९ भदाै, काठमाडाैँ । सर्वोच्च अदालतले मदिराको विज्ञापनमा महिलालार्इको प्रयोगमा प्रतिवन्ध लगाउन अादेश दिएको छ । महिला हिंसाको एउटा मुख्य कारक मदिरा रहेको भन्दै प्रहरीदेखि केही संस्थाको प्रतिवेदनले विषय उजागर गरेपछि जुरी नेपालको तर्फबाट अधिवक्ता विष्णु पोखरेलले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो अादेश दिएको हो ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले महिला हिंसाको मुख्य कारकका रुपमा मदिरा रहेको र मदिराको विज्ञापनमा समेत महिलाको प्रयोग हुने कार्य रोक्न अादेश दिएको छ । सर्वोच्चले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न समेत सरकारको नाममा आदेश जारी गरेको छ ।
मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र बिक्री स्थलसमेत तोक्ने भनिएअनुसार ऐनको प्रभावकारी कार्यान्वयन गर्न आदेशमा भनिएको छ ।
प्रकाशित मिति : 09:04









