२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपाल बैंकको डबल धमाका मुद्दती खाता, यस्ता छन विशेषता

१३ साउन, काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकका प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ बर्ष ११ महिना २ दिनमा दुईगुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरेको छ । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा, सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

बैंकले  छिटोछरितो र गुणस्छतरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति : July 29, 2022 at 6:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/