८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

लेखनाथले सत्य ओकल्दा धरमराएको नुवाकोट कांग्रेसको सत्ता

१३ साउन, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटमा गुटका गतिबिधिका कारण संगठन संरचना ध्वस्त हुने अवस्थामा पुगेको छ । वर्षौदेखि पार्टी भित्र प्रतिपक्षी बनेर बसेको डा प्रकाशशरण महत, बाहदुरसिंह लामा र रमेश महत समूहले अर्जुननरसिंह केसी, केदारनरसिंह केसी र जगदिश्वरनरसिंह केसीको समूहमाथि कारबाहीको डण्डा चलाउन थालेको छ ।

कांग्रेसको जिल्लाको नेतृत्वले सत्य ओकल्दा बेलकोटगढी नगर समितिका सभापति लेखनाथ मुडभरी माथि कारबाहीको हतियार चलाएको छ । कांग्रेस जिल्ला समितिले पहिलो चरणमा मुडभरीलाई स्पष्टिकरण सोधेको छ । १४ औँ महाधिवेशनअघि भएको गाउँतथा नगर अधिवेशन र क्षेत्रीय अधिवेशनमा करिब क्लिन स्वीपको अवस्थामा पुगेको केसी समूहले बेलकोटगढीमा भने महत समूहलाई क्लिन स्वीप गरेको थियो ।

एकदिन अघि बेलकोटगढीका सभापति मुडभरीले सामाजिक सञ्जाल फेसबुक मार्फत गत स्थानीय निर्वाचनमा टिकट बितरणमा पैसाको चलखेल भएको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा कांग्रेस चुक्दै गएको भन्दै चिन्ता जाहेर गरेका थिए । कांग्रेसभित्र विदुरनगरपालिका, तारकेश्वर गाउँपालिका, ककनी गाउँपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकामा पार्टीको टिकट नगदमा बेचिएको भन्दै कांग्रेसभित्र भुसको आगो बन्दै गएको छ ।

अझ विदुर नगरपालिकाका मेयरका उम्मेदवारको तर्फबाट एक जना बुढाथोकी थरका व्यवसायी एक जना महत थरकी कांग्रेस नेतृत्वको खातामा डेढ करोड पठाएको भन्दै सामाजिक सञ्जालमा भौचरहरू पनि छरपस्ट भएका थिए । यद्यपी त्यो सत्यो हो कि होइन भन्ने कुरामा कांग्रेस आफैँले केही बोलेको छैन । तर सूर्यगढी गाउँ समितिले पार्टी प्रदेश सभापति रामजी पौडेल माथि टिकट बेचेको आरोपमा कारबाहीको सिफारिस गरेपछि बेलकोटगढीका सभापतिले फेसबुकमा लेखेको विषयमा कांग्रेसले स्पष्टिकरणको डण्डा चलाएको हो ।

मुडभरीले सामाजिक सञ्जाल मार्फत उठाएको विषयलाई जिल्ला सचिव श्रीराम श्रेष्ठले अनुशासन समितिको नाममा कारबाहीको प्रक्रियामा अघि बढाएका छन । उनले चार दिनमा स्पष्टिकरण दिन निर्देशन दिएका छन ।

त्यसअघि मुडभरीले सामाजिक सञ्चाजलमा यस्तो लेखेका थिए, ‘नयाँ पुस्ता किन स्वतन्त्रको नाममा सल्बलाइरहेको छ ? फर्केर हेरू लामो समयसम्म एउटै मान्छे पार्टीमा सभासद, सभापति अध्यक्ष वा प्रधानमन्त्री लगानी सबैले गरेको छ एकचोटि भएपछि पालो दिनु पर्दैन ? नयाँ काम केही छैन लाज लाग्दैन साउनको दोस्रो सातासम्म मल छैन ! एमालेले गरेको भष्टाचार खोइ छानबिन गरेको ? नागरिकता बिधेयकमा छल गरेको ? स्थानीय निकायको निर्वाचनमा जिल्ला र केन्द्रीयस्तरमा नाम चलेका नेताहरुले करोडौंमा टिकट बेचेको, छोटे राजाहरुको माला, खादा, मोटर कार्यक्रम कार्यलयमा नगरि होटेलमा करोडको बिल उठाएर संस्थागत भष्टाचार गरेको, जनतालाई बाच्न मुस्किल हुनेगरि भएको मुल्य बृद्धि तिर ध्यान दिनु छैन यहि हो गणतन्त्र बेलैमा चेतना भया !!!!

मुभडरीले पैसाको विषय नै बाहिर ल्याएपछि सम्भावति क्षति हुन नदिन कांग्रेसले स्पष्टिकरणको बाटो समातेको महत समूहकै कतिपय नेताको बुझाइ छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनवामा कसले टिकट लिने भन्ने विषयले कांग्रेसभित्र विवाद सतहमा आउन थालेको कतिपयको बुझाइहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १२:४०