काठमाडाैंकाे माछापोखरीबाट स्कुटर चाेरी गर्ने निरज थापा पक्राउ
१२ साउन, काठमाडाैं । स्कुटर चोरी गर्ने १ जनालाई स्कुटर सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ दरबारमार्ग ज्याठा सडक खण्डबाट बागमति प्रदेश-०२-०३७ प ९४१० नम्बरको स्कुटरसहित पर्वत कुस्माका २२ वर्षिय निरज थापालाई नियन्त्रणमा लिएको हाे ।
प्रहरीले नियन्त्रणमा लिएकाे स्कुटर तनहुँ बिजय थापाकाे रहेकाे समेत प्रहरीले जनाएकाे छ । काठमाडाैंकाे माछापोखरीबाट हराएको उक्त स्कुटर सम्बन्धीत व्यक्तिकाे जिम्मा लगाएकाे तथा पक्राउ परेका थापालाई चोरी मुद्दामा अनुसन्धान गरी कारबाहीका लागी प्रहरी बृत्त बालाजु पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : July 28, 2022 at 6:28 pm









