नेपाल बैंकको डबल धमाका मुद्दती खाता सञ्चालनमा
१२ साउन, काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ ।
त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ६ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन् ।
नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकका प्रवक्ता तथा प्रमुख प्रशासकीय अधिकृत प्रकाशकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १८:००












